मन्त्रीमण्डल हेरफेर गर्न बालुवाटारमा नेकपा सचिवालय बैठक जारी


काठमाडौं – बिहान नौ बजेपछि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सचिवालय र मन्त्रिपरिषद् हेरफेर गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको छलफल पछि सोमबार आज सचिवालय बैठक बोलाइएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

स्रोतका अनुसार आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, १४ मंसिरको उपनिर्वाचन, भारतसँग सीमा विवाद, पार्टी एकताको बाँकी काम लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।  नेकपामा केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगको एकीकरण, प्रवास कमिटीहरूको कार्य्विभाजन तथा महानगर कमिटीहरूमा इन्चार्ज र सहइन्चार्ज तोक्ने काम बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement