नेकपाका ४४१ जना केन्द्रिय सदस्यको नाम सार्वजनिक (सूचीसहित)


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । तत्काल बरिष्ठता मिलाउन नसकिएकाले बर्णानुक्रम अनुसार नेताहरुको नाम राखिएको हो ।

हिजो प्रधानमन्त्रीको सरकारी निवासमा बसेको पार्टी सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रीय सदस्यहरूको सिफारिसलाई अनुमोदन गरेको थियो । यो अनुमोदनसँगै पार्टीको ४४१ केन्द्रीय कमिटीले पूर्णता पाएको छ । उक्त नामलाई महासचिवले अन्तिम रुप दिएका छन् ।

४४१ केन्द्रीय कमिटीमा तत्कालीन एमालेका तर्फबाट २४१ जना र तत्कालीन माओवादीका तर्फबाट २०० जना छन् । यस अघि एकीकृत पार्टीले ९ सदस्यीय सचिवालय बनाईसकेको छ । गत जेठ ३ गते एकता गरेका एमाले र माओवादीले महाधिवशेनसम्मका लागि भन्दै दुई अध्यक्षको व्यवस्था गरेका छन् । प्रधानमन्त्री केपी ओली र प्रचण्ड एकीकृत पार्टीका अध्यक्ष छन् । बिष्णु पौडेल महासचिव भएका छन् । यसबाहेक एकीकृत पार्टीले संगठन एकीकरणका लागि अन्तरिम विधानको अधीनमा रही नियमावली मस्यौदा गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा कमिटी बनाएको छ । उक्त कमिटीमा पार्टीका नेताहरू देव गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य रहेकाछन् । यस्तो छ: ४४१ सदस्यीय केन्द्रीय कमिटी

प्रतिक्रिया दिनुहोस
Advertisement