नेकपाको बैठकमा प्रचण्ड र ओलीले संयुक्त अध्यक्षता गर्ने


काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संयुक्त अध्यक्षात्मक प्रणालीबाट सञ्चालन हुने भएको छ । आलोपालो अध्यक्षताबाट बैठक सञ्चालन गर्ने यसअघिको प्रस्तावित व्यवस्थाविपरीत अध्यक्षद्वय ओली र प्रचण्ड संयुक्त अध्यक्षताबाट पार्टी सञ्चालन गर्न सहमत भएका हुन् । अब केन्द्रीय सचिवालय, स्थायी समिति, केन्द्रीय कमिटी बैठक संयुक्त अध्यक्षात्मक प्रणालीबाट चल्नेछन् ।

दुई अध्यक्षबीचको सहमतिअनुसार नै पार्टी विधान पारित भएको छ । मंगलबारको सचिवालय बैठकले विधान र नियमावली पारित गरेपछि महासचिव विष्णु पौडेलले छपाइका लागि प्रेसमा पठाउनुअघि बुधबार अध्यक्षद्वयसँग अन्तिम परामर्श गरे । ‘विधान र नियमावली दुवै सम्पादनको क्रम सकिएको छ, बिहीबारसम्म छपाइका लागि प्रेसमा पठाइनेछ,’ पौडेलले भने ।

यसअघि प्रत्येक बैठकमा दुई अध्यक्षले आलोपालो गरेर बैठकको अध्यक्षता गर्ने र त्यसक्रममा मर्यादाक्रम हेरफेर हुने गरी विधान तयार भएको थियो । जसले अध्यक्षता गर्छ, उसैको मर्यादाक्रम पहिलो नम्बरमा हुने प्रस्तावित व्यवस्थालाई परिवर्तन गर्दै अब नेकपाको हरेक बैठकमा दुवै अध्यक्षले संयुक्त अध्यक्षता गर्नेछन् ।आजको नयांपत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement