तीन महिनाभित्र तलैसम्म कमिटी एकीकरण गर्ने नेकपाको तयारी


काठमाडौं-नेपाल कम्युनिस्ट पार्टीले तीन महिनाभित्र केन्द्रीय कमिटीमातहतका सबै तल्ला कमिटी, केन्द्रीय विभाग र केन्द्रीय आयोगहरू एकीकरण गर्ने गरी विधि, प्रक्रिया र मापदण्ड तयार गर्दै छ । त्यस्तै, भ्रातृसंगठनहरूको एकीकरण पनि तीन महिनाकै बीचमा सम्पन्न गर्ने नेकपाको योजना छ ।

अध्यक्षद्वय केपी ओली र प्रचण्ड नेतृत्वको केन्द्रीय सचिवालयले तलैसम्म एकीकरणको गृहकार्य गर्नेछ । महासचिव विष्णु पौडेलले विधि, प्रक्रिया र मापदण्डबारे सचिवालय बैठकमा छलफल हुन बाँकी रहेको बताए ।

तत्कालीन एमालेबाट २४१ र माओवादीबाट २०० केन्द्रीय सदस्य मिलाएर नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने अन्तिम तयारी छ । तर, एमालेका तत्कालीन २०६ मा २०० जना र माओवादीका ८५ जनाको मात्र नामावली रहेको रोस्टर तयार छ । एमालेले ४१ र माओवादीले ११५ जनाको नाम टुंग्याइसकेपछि दुवै अध्यक्ष बसेर अन्तिम रूप दिने तयारी छ । माओवादीले स्थायी समिति सदस्यकै नाम टुंगो नलगाइसकेकाले ढिलाइ भइरहेको एक नेताले बताए । आजको नयांपत्रिका दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement