नेकपा कार्यदलको बैठक तेस्रो दिन पनि जारी


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधान गर्न गठन भएको कार्यदलको तेस्रो दिनको बैठक आज पनि बस्दैछ । तेस्रो दिनको बैठक आज पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ ।

कार्यदलको बैठक आज पनि दिउँसो तीनबजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने कार्यदल सदस्य पम्फा भुसालले जानकारी दिइन ।

गत शुक्रबार नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको बैठकले महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलले पार्टीभित्र देखा परेको विवाद समाधान, मन्त्रिमण्डल पुर्नगठनलगायतका विषयमा प्रतिवेदन तयार पार्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement