नेकपाका नेता नेपाल र श्रीलंकाली प्रधानमन्त्रीबीच भेटवार्ता


काठमाडौँ । श्रीलंका भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले त्यहाँका शीर्ष नेताहरुसँग भेटघाट गरेका छन् ।

उनी श्रीलंका कम्युनिस्ट पार्टीद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाग लिन कोलम्बो पुगेका थिए । बिहीबार वरिष्ठ नेता नेपाल र श्रीलंकाका प्रधानमन्त्री रनिलविक्रम सिंगे, सभामुख करु जयासूर्या, पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्ष, श्रीलंका कम्युनिस्ट पार्टीका अध्यक्ष राजाको लुरलगायतसँग भेटघाट भएको थियो ।

भेटका अवसरमा नेपाल र श्रीलंकाबीचको मित्रतापूर्ण सम्बन्धका बारेमा चर्चा हुनुका साथै बुद्धको जन्मस्थान नेपाल र बौद्धमार्गी मुलुक श्रीलंकाबीच जनस्तरको सम्बन्धविस्तारमा जोड दिइएको थियो । लामो समय द्वन्द्वभोगेका दुबै मुलुकका नेताहरुले आ–आफ्नो देशका द्वन्द्व समाधानका अनुभवहरुका बारेमा चर्चा गरेका थिए ।

भेटघाटमा श्रीलंकास्थित नेपाली राजदूत डा. विश्वम्भर प्याकुरेलको पनि सहभागिता थियो । असार २३ गते कोलम्बो प्रस्थानगरेका बरिष्ठ नेता नेपाल असार २९ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement