गरुडामा सुरु भयो नेकपाको आमसभा


काठमाडौं – प्रदेश नम्बर २ रौतहटको गरुडामा नेकपाको आमसभा सुरु भएको छ ।  प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सभाको सुरुवात विभिन्न सांस्कृतिक कार्यक्रम र झाँकी प्रस्तुत गरेर भएको छ। निर्वाचन र पार्टी एकतापछि नेकपाले पहिलोपटक मधेसमा आमसभा गरेको हो ।  कार्यक्रममा सहभागी हुन नेकपाका अध्यक्षद्वय र नेताहरू हेलिकप्टरबाट कार्यक्रमस्थल आएका छन् ।

सभाको सुरुवात विभिन्न सांस्कृतिक कार्यक्रम र झाँकी प्रस्तुत गरेर भएको छ। निर्वाचन र पार्टी एकतापछि नेकपा पहिलोपटक मधेसमा आमसभा गर्न गइरहेको छ। कार्यक्रमको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षा निकायको परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement