काठमाडौं – एकीकृत पार्टीको राजनीतिक कार्यदिशा के हुने भन्नेमा केही समयअघि नेकपामा चर्किएको विवाद अहिले स्कुल विभागको नेतृत्व कसले गर्ने भन्नेमा पुगेर ठोक्किको छ।
ुजनताको बहुदलीय जनवादु राजनीतिक कार्यदिशा रहेको तत्कालीन नेकपा एमाले र ु२१ औँ शताब्दीको जनवादु लाई राजनीतिक कार्यदिशा बनाएको तत्कालीन माओवादी केन्द्रबीच महाधिवेशनमै यसबारे बहस गर्ने गरी पार्टी एकता भएको थियो। अन्तरिम कालका लागि समाजवाद उन्मुख जनताको जनवादलाई कार्यदिशा बनाएर जाने सहमति त्यतिबेला भएको थियो।
तर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अन्तरिम राजनीतिक प्रतिवेदन प्रकाशनका क्रममा कार्यदिशा के राख्ने भन्नेमा विवाद चर्किएपछि सचिवालयबाट पारित भइसकेको उक्त प्रतिवेदन अहिले अलपत्र छ। एकसाताको संशयपछि दुई अध्यक्षबीच पार्टी एकताका क्रममा तय भएको अन्तरिम कार्यदिशा जनताको जनवादमै एकमत बनेको थियो।
पार्टीको तल्लो तहसम्मलाई वैचारिक रुपमा प्रशिक्षित गर्न सक्ने यो विभाग कसले लिने भन्नेले पार्टीको भावी आधिकारिक ुलाइनु निर्धारणमा महत्वपूर्ण भूमिका हुने बुझेको नेकपा नेतृत्वले यसमा गम्भीर चासो राखेको छ। जसका कारण ओलीपक्षले विभागमा ईश्वर पोखरेललाई अघि सारेको छ भने दाहालपक्षले नारायणकाजी श्रेष्ठलाई विभागको जिम्मेवारी दिने अडान राखेको छ।
ओली र दाहालबीच विभागको नेतृत्व आफूपक्षलाई दिन कसरत भइरहेका बेला विकल्पका रुपमा झलनाथ खनालको पनि नाम चर्चामा आएको छ। यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।




प्रतिक्रिया