नेकपा प्रदेश दुईको शपथ ग्रहणममा झडप, एक जनाको टाउको फुट्यो


जनकपुरधाम – नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रदेश २ को सिरहा र सप्तरीका पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा झडप भएको छ। एक अर्काको झडपबाट आधा दर्जन नेतारकार्यकर्ता घाइते भएका छन् ।

घाइते मध्ये एक जनाको टाउको नै फुटेको छ ।बर्दिवासस्थित सेवा समितिको हलमा सप्तरी र सिरहाका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा झडप भएको प्रहरीले जनाएको छ ।

शपथ ग्रहण कार्यक्रम सुरु हुनुभन्दा अगावै नेतारकार्यकर्ताहरुले नाराबाजी सुरु गर्दै हलभित्रका कुर्सीहरु तोड्फोड गरेका छन् । साथै प्रदेश अध्यक्ष साहमाथि हातपातको प्रयास हुँदा अवस्था तनावग्रस्त बनेको थियो। कार्यक्रम स्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

नेकपाको प्रदेश २ का आठै जिल्लाका पदाधिकारीको शपथग्रहण कार्यक्रम आजको लागि तय भएको थियो। तर पदाधिकारी चयनमा पार्टीले एकलौटी गरेको भन्दै असन्तुष्टि बढेपछि अन्तिम समयमा आएर ६ जिल्लाको शपथ ग्रहण स्थगित गरिएको थियो। सिरहा र सप्तरीका पदाधिकारीको शपथग्रहणका लागि बर्दिबासमा आयोजित कार्यक्रममा समेत विवाद सृजना भएको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement