प्रदेश ५ मा नेकपा एकता : दलवहादुर र गणेशमानको प्रदेश अध्यक्षमा नाम सिफारिस


काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश ५ कमिटीको अध्यक्षमा दलबहादुर राना मगर र गणेशमान पुन मगरको नाम सिफारिस भएको छ । प्रदेश कमिटीको अध्यक्ष पूर्वएमालेको भागमा परे दलबहादुर रानाले नेतृत्व गर्नेछन् भने पूर्व माओवादीको भागमा परे गणेशमानले नेतृत्व गर्नेछन् ।

पूर्व माओवादी केन्द्रको आधार क्षेत्र मानिने रोल्पा र रुकुम (पूर्वी भाग) को नेतृत्व माओवादी केन्द्रले नै पाउने भएको छ।प्रदेश र जिल्ला कमिटी एकीकरण गर्न गठित कार्यदलले विहीबार महासचिव विष्णु पौडेललाई अध्यक्षहरुको नाम सिफारिस सहितको प्रतिवेदन बुझाएको हो ।

 कार्यदलले प्रदेश ५ का जिल्ला नेतृत्व (अध्यक्ष) पनि सर्वसम्मत रुपमा सिफारिस गरेको छ । प्रदेश ५ का १२ जिल्लामध्ये तत्कालिन एमालेले ७ र माओवादीले ५ जिल्लाको नेतृत्व पाउनेछन् ।

एमालेले अध्यक्ष पाउने जिल्लाहरुमा रुपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान र दाङ छन्। माओवादी केन्द्रले रुकुम ९पूर्वी भाग, रोल्पा, बाँके, बर्दिया र नबलपरासी  बर्दघाट(सुस्ता पश्चिम) को भाग पाउने भएको छ। यसैगरी प्रदेश ५ को प्रदेश कमिटीको आकार र भागबण्डा पनि दुबै पक्षले टुङ्ग्याएका छन्।
जसअनुसार पूर्वएमालेबाट दाङमा शिव आचार्य, प्युठानमा तुलसीराम शर्मा, अर्घाखाँचीमा पिताम्बर आचार्य, कपिलबस्तुमा छबिलाल पोखरेल र रुपन्देहीमा गोपाल भट्टराई, गुल्मीमा बालसिंह काउछा मगर र पाल्पामा राधाकृष्ण कँडेल सिफारिस भएका छन् ।

भने  पूर्व माओवादीले जिल्ला अध्यक्ष पाएको बर्दियमा भुवन थारु, नवलपरासीमा घनश्याम यादव, बाँकेमा अक्कलबहादुर बम, पूर्वी रुकुममा होमप्रकाश श्रेष्ठ र रोल्पामा सुरेन्द्र घर्ती मगर अध्यक्षमा सिफारिस भएका छन् ।

जस अनुसार प्रदेश ५ मा नेकपाको प्रदेश कमिटी २ सय ३ सदस्यीय हुनेछ, जहाँ पूर्व एमालेबाट १ सय ६ र पूर्व माओवादी केन्द्रबाट ९७ जना हुनेछन्।

प्रतिक्रिया दिनुहोस
Advertisement