नेपालले अमेरिकालाई दियो १ सय ९१ रनको लक्ष्य


काठमाडौं – नेपालले अमेरिकालाई १ सय ९१ रनको लक्ष्य दिएको छ । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनाएकाे हाे ।

नेपालका लागि कुशल मल्ल र विनोद भण्डारीले सबभन्दा बढी रन बनाए । कुशलले ४ चौका र ३ छक्का प्रहार गर्दै अर्धसतक पार गरे । यससँगै १६ वर्षीय मल्ल डेब्यू खेलमै अर्धसतक बनाउने कान्छा खेलाडी बनेका छन् ।

उनले ५१ बलमा ५० रन बनाएका हुन् । त्यस्तै नेपालका लागि विनोद भण्डारीले अर्धसतक पार गरेका थिए । उनले ७९ बलम ५९ रन बनाए । उनले ६ चौका र १ छक्का प्रहार गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement