नेपाल र अमेरीकाबीच संयुक्त सैन्य अभ्यास हुने


काठमाण्डु – नेपाली र अमेरीका बिच संयुक्त सैन्य अभ्यास हुने भएको छ । कात्तिक १५ गते बाट ‘टीक नेल’ नामक सैन्य अभ्यास सुरु हुने जनाइएको छ ।

नेपाली र अमेरिकी सेनाबीचको सैन्य अभ्यास काठमाण्डु र पोखरामा हुनेछ । मुलुतः पानी र हिमालमा फसेकाहरुलाई कसरी उद्दार गरिन्छ भन्ने बारेमा अभ्यास केन्द्रीत रहने छ । नेपाली सेना र अमेरिकी सेनाबीच हुने तालिमको तयारी पूरा भएको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौड्यालले बताए ।

झण्डै एक महिनासम्म चल्ने तालिममा सेनाका ५० र अमेरिकी सेनाका विशेष २० जना फौज सहभागी हुनेछन् । यसअघिका पनि २१ वटा संस्करण नेपालमा भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement