काठमाण्डु- सशस्त्र प्रहरी बलले ६४० जवानलाई सहायक हवल्दारमा बढुवा गर्न सिफारिस गरेको छ ।
सशस्त्रका साधारण समूह, साधारण उपसमूहतर्फ हाल रिक्त रहेका एवम् माथिल्लो पदमा बढुवा नियुक्ति पश्चात् रिक्त हुन आउने ६४० जवानलाई सशस्त्र प्रहरी सहायक हवल्दारमासशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (च) बमोजिम बढुवा सिफारिस गरिएको हो ।
बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी जवानहरूले उक्त नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया