प्रधानसेनापति थापा र भारतीय राजदूतबीच भेटवार्ता


काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

बुधबार जङ्गी अड्डामा भएको भेटवार्तामा दुई देशबीचका समसामयिक विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

प्रधानसेनापति थापा र राजदुत क्वात्राबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ । यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

केही समय अगाडि भएको भारतीय स्थलसेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमणपछि भारतीय राजदूतको प्रधानसेनापतिसँग यो पहिलो भेटघाट हो । नेपाल र भारतबीचको सीमा विवाद टुंगो लगाउन चाँडै औचापरिक बैठक बस्ने तयारी भइरहँदा भारतीय राजदूतले प्रधानसेनापति थापालाई भेट्नु अर्थपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement