श्रीलंका पुलिसमाथि त्रिभुवन आर्मी आक्रामक, आर्मी ५–१ गोल अन्तरले विजयी


काठमाण्डु – त्रिभुवन आर्मी क्लबले श्रीलंका पुलिसलाई ५–१ गोल अन्तरले पराजित गरेको छ । एएफसी कप छनोट अन्तर्गत आर्मीले पाहुना टोली श्रीलंका पुलिसलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले ठूलो गोल अन्तरमा श्रीलंका पुलिसलाई पराजित गरेको हो ।

खेलको ४१ औं मिनेटमा आर्मीले पहिलो गोल गरेको थियो । आर्मीबाट पहिलो गोल सन्तोष तामाङले गरे । ४३ औं मिनेटमा नवयुग श्रेष्ठले दोस्रो गोल गरे भने खेलको ५० औं मिनेटमा टंक बस्नेतले तेस्रो गोल गरेका थिए ।

८४ औं मिनेटमा सुदील राईले चौथो गोल गरे । नवयुगले इन्ज्युरी समयको तेस्रो मिनेटमा पाँचौ गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement