धनकुटामा सेनाको निःशुल्क स्वास्थ्य शिविर


धनकुटा – नेपाली सेनाले जिल्ला अस्पताल धनकुटामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । धनकुटाको बरख गणले कार्त्तिक २२ गतेदेखि २४ गतेसम्म धनकुटा जिल्ला समन्वय समितीसंग समन्वय गरी जिल्लाका ७ वटै स्थानिय निकायको संयुक्त आयोजना गरेको हो ।

शिविरमा बरिष्ट मुटुरोग बिशेषज्ञ डा. भगवान कोईरालाको नेतृत्वमा ५० जना डाक्टरहरुको टोली र नेपाली सेना नं २ फिल्ड एम्बुलेन्स गुल्मका डाक्टरहरुले विरामी जाँचेका थिए । सेनाले मुटु रोग, बालरोग तथा जनरल हेल्थ चेकअप सम्वन्धि निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेको थियो ।

उक्त स्वास्थ्य शिबिरमा पुरुष १९६७ र महिला १७८० गरी जम्मा ३७४७ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement