चीनबाट स्वास्थ्य सामाग्री ल्याउने जिम्मा नेपाली सेनाले पायो


काठमाडौं – सरकारले कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य सामाग्री खरिद गर्न नेपाली सेनालाई जिम्मा दिएको छ । सरकारले हिजो मात्र ओम्नी ग्रुपसँग गरेको सम्झौता रद्ध गरेको हो ।

बिहीबार रक्षा मन्त्रालयलाई पठाइएको पत्रमा चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार नेपाली सेनामार्फत् सरकार–सरकार (जीटूजी) प्रक्रियाबाट सामान ल्याउन भनिएको छ ।

‘कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकताअनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत् सरकार–सरकार (जीटूजी) बिधिबाट खरिद गर्ने,’ मन्त्रीपरिषदको निर्णय नम्बर ४ मा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement