नेपाली सेनालाई चिनियाँ जनमुक्ती सेनाले पठायो स्वास्थ्य सामाग्री


काठमाडौं – चिनियाँ जनमुक्ती सेनाले नेपाली सेनाका लागि स्वास्थ्य सामाग्री पठाएको छ । नेपाली सेनाको लागि सहयोग सामाग्री र मेडिकल किट्स लिएर चिनियाँ एयरफोर्सको चार्टर्ड विमान काठमाडौंमा अवतरण गरेको हो ।

चिनियाँ जनमुक्ती सेनाले नेपाली सेनालाई कोरोना भाइरसको संक्रमणसँग जुध्नका लागि स्वास्थ्य सामाग्री पठाएको हो । चिनियाँ जनमुक्ती सेना नेपालमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला स्वास्थ्य सामाग्री सहयोग गर्ने पहिलो विदेशी सेना हो ।

यसअघि नेपालमा भुकम्प जांदा भारतिय सेना सहयोगको लागी सबैभन्दा पहिलो नेपाल पुगेको थियो । तर, यसपटक भने चिनियां सेनाले पहिलो पटक सहयोग सामाग्री सेनालाई पठाएको हो । सेनामा पहिले भारत,अमेरिका र बेलायत सहयोग गर्दै आएकोमा यसपटक भने चीनले चार्टड विमान नै पठाएर सहयोग गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सामाग्री हस्तान्तरणका लागि नेपाली सेना र काठमाडौंस्थित चिनियाँ दूतावासमा कार्यरत सैनिक सहचारी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement