सेनाका ७ महासेनानी सहायकरथीमा बढुवा सिफारीस


काठमाडौं– नेपाली सेनाका ७ जना महासेनानीहरु सहायकरथीमा बढुवा सिफारीस भएका छन् । सेनाका बलाध्यक्षरथी शरद गिरीको अध्यक्षतामा बसेको बोर्ड वैठकले २८ र २९  बेसिकका सैनिक अधिकृतहरु सहायकरथीमा बढुवा सिफारिस भएका हुन् ।

बढुवा सिफारीस हुनेमा महासेनानीहरु कृष्णराज आचार्य,जोन्सन खड्का,हरेन्द्र पाठक, दिनेश केसी,यम सापकोटा र राम गुरुङ्ग रहेका छन् । बढुवा हुनेमा गुरुङ्ग २९ बेसिकका अधिकृत हुन भने आचार्य,खड्का,पाठक,केसी र सापकोटा २८ बेसिकका सैनिक अधिकृत हुन् ।

त्यसैगरी प्राविधिक महासेनानी डाक्टर भरत भण्डारी सहायकरथीमा बढुवा सिफारीस भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement