सेनामा सैनिक सचिव र सैनिक सहायक फेरिए, कोर टिम बनाउंदै प्रभुराम शर्मा


काठमाण्डु– नेपाली सेनाका १२ जना सहायकरथीको सरुवा भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाका दुई महत्वपूर्ण विभागका प्रमुखसहित १२ जनाको सरुवा अघि बढाएका हुन ।

प्रधानसेनापति थापाले हुनेवाला प्रधानसेनापति प्रभुराम शर्मालाई सजिलो हुने गरी सरुवा प्रस्ताव गरेका छन् ।यससंगै शर्माले आफ्नो टिम निर्माण गर्न सुरु गरिसकेका छन् ।

शर्माकै चाहनामा प्रधानसेनापति थापाले प्रधानसेनापतिको सैनिक सहायकमा चोकबहादुर ढकाल र सैनिक सचिवमा सुनिल श्रेष्ठको सरुवा प्रस्ताव गरेका छन् । दुवै जना २८ बेसिकका सैनिक अधिकृत हुन । ढकाल र श्रेष्ठ दुवैले चीनबाट एनडिसी गरेका छन् ।

सेनामा दुवै जना व्यवसायिक र ऐकेडेमिक अधिकृतका रुपमा चिनिन्छन् । व्यवसायिक र ऐकेडेमिक अधिकृतका रुपमा चिनिन्छन् । सेनामा सैनिक सचिव र सैनिक सहायक सबैभन्दा महत्वपूर्ण र शक्तिशाली विभाग मानिन्छ ।

सरुवा हुने सहायकरथीहरुमा विजय थापा कल्याणकारी निर्देशनालयमा,प्रकाश देउजा २ बाहिनी,मानबहादुर महरा ५ बाहिनी,कृष्णदेव भट्ट नितिमा र नकुल रायामाझीको रणनीति निर्देशनालयमा सरुवा गरिएको छ ।

प्रधानसेनापति थापा साउन २४ मा बिदा बस्ने तयारीमा छन् । थापापछि शर्मा प्रधानसेनापति बन्ने लगभग निश्चित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement