नेपाली सेनालाई भारतीय सेनाले गर्‍यो २४ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग


काठमाण्डु – भारतीय सेनाले नेपाली सेनालाई २४ करोड बरावरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेपाली सेनाले शनिवार रुपन्देहीको बेलिया नाका हुंदै २५ वटा ट्रकमा भारतबाट कोभिड विरुद्धको स्वास्थ्य सामग्री नेपाल भित्रयाएको हो ।

भारतीय सेनाले दिएको स्वास्थ्य सामाग्री लिन नेपाली सेनाले ट्रक भारत पठाएको थियो । सेनाले भारतबाट पहिलो चरणमा कोभिड सम्वन्धि अपरेटिङ्ग हेटलाईट,अटो रिफ्रेक्ट मिटर,बि–प्याड मेसिन, एबीजी मेशिन,ल्याब माईक्रोस्कोप,लाईट क्युरिङ कार्डलेस,आईसियु भेन्टिलेटर,म्यानुअल स्प्रेयर , भाईरस ट्रान्सपोर्ट मिडिया विथ स्वाब, आरडिटी एन्टिजेन किट, एन ९५ मास्क र पिपिई लगायतका सामग्री ल्याएको जनाएको छ ।

भारतले सेनालाई ६ वटा एम्बुलेन्स समेत सहयोग गरेको छ । भारतीय सेनाले नेपाली सेनालाई प्रदान गरेको पहिलो चरणको सहयोग शनिवार आएपनि अरु सहयोग यो हप्ता र अर्को हप्ता दुई चरणमा स्वास्थ्य सामाग्री नेपाल आउने बताइएको छ ।

सेनाका सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौड्यालले नेपाली सेना र भारतीय सेनाबीचको आपसी सम्बन्धबाट सहयोग आदान प्रदानको नियमित प्रकृया अन्तरगत उक्त स्वास्थ्य सामग्री नेपाल भित्रिएको जानकारी दिए ।

नेपाली सेनालाई यसअघि भारतले एक लाख भ्याक्सिन उपलव्ध गराएको थियो । सेनाले शनिवार अष्ट्रेलिया र यसअघि भारतले स्वास्थ्य सामाग्री सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement