नेपालसँग सिधा हवाई उडान गर्न बंगलादेश इच्छुक


काठमाण्डु – नेपालसँग सिधा हवाई उडान गर्न बङ्गलादेशले चासो देखाएको छ ।

नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले नेपाल र बङ्गलादेशबीच सिधा हवाई उडानमा चासो देखाएका हुन् ।  

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छासँगको भेटमा उनले  नेपालबाट २७ किलोमिटर टाढा रहेको बंगलादेश र नेपालबीच सिधा हवाई उडानको सम्भावना रहेको बताए ।

उनले विराटनगर विमानस्थलबाट नेपाल-बंगलादेशीबच हवाई उडानको सम्भावना रहेको बताएका हुन् । दुई देशबीच सिधा हवाई सुरु भएमा दिपक्षीय व्यापार वृद्धि हुने समेत उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement