नेपालले दियो बंगलादेशलाई २६२ रनको लक्ष्य


कोलम्बो – एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले बंगलादेशलाई २ सय ६२ रनको लक्ष्य दिएको छ। श्रीलंकाको पी सारामा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले उत्कृष्ट ब्याटिङ र्गयो। नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६१ रन जोड्यो।

५० ओभरमा ८ विकेट गुमाउँदै नेपाली युवा टोलीले २६१ रन बनाएको हो ।सुरुमा सुस्त ब्याटिङ गरिरहेका नेपाली युवा टोलीले पछिल्ला ओभरमा आक्रामक ब्याटिङ गर्दै बंगलादेशविरुद्ध राम्रो स्कोर बनाएको हो ।

बंगलादेश विरुद्ध ओपनर पवन सर्राफ र सन्दीप जोराले अर्धशतक बानाए । सार्राफ १११ बलमा ८ चौका र १ छक्कासहित ८१ रन बनाएर पवन आउट भए । आआक्रामक ब्याटिङ गर्दै जोराले ३७ बलमा ३ चौका र ३ छक्कासहित ५६ रन बनाए ।

पहिलो विकेटका लागि ४५ रन जोडेको नेपालले तेस्रो विकेटका लागि ३९ र चौथो विकेटका लागि ६६ रनको साझेदारी र्गयो। सर्राफले एक सय ९ बलमा एक छक्का र ८ चौका हिर्काए। टोलीले एक सय ७३ रन जोड्दा पवन पाचौँ विकेटका रुपमा आउट भए।

उनलाई मितुनजोय चौधरीले आउट गरे। त्यसपछि सन्दीप र भीमबीच छैटौँ विकेटका लागि ७१ रनको साझेदारी भयो। भीमले २१ रन बनाए। बंगलादेशका मोहम्मद तान्जिम हुसेन र मोहम्मद शाहिन आलमले समान २-२ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement