बंगलादेशका सैनिक अधिकारी काठमाडौँमाः प्रधानमन्त्री, परराष्ट्रमन्त्री र प्रधानसेनापतिसँग भेटघाट

बंगलादेशका सैनिक अधिकारी काठमाडौँमाः प्रधानमन्त्री, परराष्ट्रमन्त्री र प्रधानसेनापतिसँग भेटघाट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ— नेपाली सेनाले प्रतिरक्षा विश्वविद्यालय स्थापनाका लागि तयारी गरिरहेका बेला बंगलादेशको प्रतिरक्षा कलेजका प्रम’ख नेतृत्वको टोली काठमाडौँ पुगेको छ। नेपाली सेनाको निमन्त्रणमा यहाँ आएको उक्त कलेजका प्रमुख मेजर जर्नेल नाकुव अहमद चौधरीको नेतृत्वको टोली भेटघाटमा व्यस्त छ।

शनिबार आएको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सबैको साझा सरोकार बनेको आर्थिक विकास र अन्तर्राष्ट्रिय शान्ति स्थापनामा सहकार्य गर्नुपर्ने बताए। प्रधानमन्त्री ओलीले आतंकवाद, प्रतिआतंकवाद र अन्तर्रा्ष्ट्रिय अपराध अन्त्य गर्नका लागि सामुहिक प्रयास जरुरी भएको बताए।

यसैबीच टोलीले आइतबार नै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग छुट्टाछुट्टै भेटघाट गरेको छ । प्रधानसेनापतिसँग जंगीअड्डामा भएको भेटमा दुई पक्षीय आपसी हितका बिषयमा छलफल भएको थियो । भेटवार्तापछि भ्रमणदललाई जंगी अड्डानमा नै युद्धकार्य निर्देशनालयबाट नेपाली सेनाबारे जानकारी मूलक ब्रिफिङ्ग भएको थियो ।

भ्रमणदलले राष्ट्रिय सुरक्षा परिषद् लगायत पोखरास्थित पश्चिम पृतना हेड क्वार्टर निरीक्षण भ्रमण गर्नुका साथै नेपालका केही पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । टोलीमा बंगलादेशको नेशनल डिफेन्स कलेजमा कोर्स गरिरहेका १६ देशका २७ जना उच्च सैनिक अधिकारीहरु सहभागी रहेका छन् । टोली ९ साउनमा बंगलादेश फिर्ता हुने कार्यक्रम रहेको छ ।