नेपाल-भारत सीमा सुरक्षा अधिकारीहरुको बैठक सुरु


काठमाण्डु – नेपालको सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बल (एसएसबी) का उच्च सुरक्षा अधिकारीहरुको बैठक भारतको नयाँ दिल्लीमा सुरु भएको छ । बैठकमा सहभागी हुन सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल नेतृत्वको टोली दिल्ली पुगेको छ ।

महानिरीक्षक खनालले सशस्त्र प्रहरी र एसएसबीबीच बर्सेनि नियमित रूपमा यस्तो बैठक हुँदै आएको बताए । एक वर्ष नेपालमा र अर्को वर्ष भारतमा हुँदै आएको छ, कोभिडका कारण गत वर्ष भारतमा हुने भनिएको बैठक रोकिएको थियो । सीमा सुरक्षाका विषयमै बैठक केन्द्रित रहने खनालले बताए ।

बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक खनाल तथा भारतको तर्फबाट एसएसबीका महानिर्देशक कुमार राजेश चन्द्रले नेतृत्व गर्दैछन् । नेपालबाट सशस्त्र अतिरिक्त महानिरीक्षक पुष्पराम केसी, महानिरीक्षक नारायण दत्त पौडेल र अन्य अधिकारीहरु सहभागि भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement