नेपाल-भारत सम्बन्ध नयाँ शिराबाट अघि बढ्छ :राजदुत आचार्य


काठमाडौं – भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले भारतमा भारतीय जनता पार्टीको विजयीसँगै अब नेपाल-भारत सम्बन्ध नयाँ आयाममा जाने बताएका छन् ।  उनले भने,”अब नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्ध झनै सुमधुर हुन्छ ।” उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको केमेष्ट्री मिलेको पनि स्पष्ट पारे ।

नेपाल र भारत दुवै देशमा यतिवेला राजनीतिक स्थायित्व भएकोले द्धिपक्षीय सम्बन्ध नयाँ शिराबाट अघि बढ्ने उनको विश्वास छ । उनले भने, “नेपाल सरकारको तर्फबाट म मोदीजीलाई बधाई दिन चाहन्छु । अब हामीबीचको सम्बन्ध नयाँ युगतर्फ अघि जान्छ । नेपालको विकास र समृद्धिमा भारतको ठूलो सहयोग हुन्छ । नेपालको आन्तरिक राजनीतिमा भारतको कुनै हस्तक्षेप हुँदैन् ।”

नेपाल र भारतबीचको सबैखाले समस्या समाधान गर्नको लागि गठित नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) ले तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्री मोदीले अब छिट्टै ग्रहण गर्नेपनि उनले जनाए ।

प्रतिक्रिया दिनुहोस
Advertisement