सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार छ : प्रधानमन्त्री ओली


काठमाण्डौ- प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकास तिब्र गतिमा अघि बढ्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँग आज बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले अबको स्थिर सरकारले बिकासको बाटो लिएको बताएका हुन् । यसका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको प्रधानमन्त्री ओलीले बताए ।

तिब्रगतिमा अघि नबढ्ने हो भने सहस्राब्दी विकास लक्ष्य हासिल गर्न नसकिने उनले बताए । ‘संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा हासिल गर्ने भनेको सहस्राब्दी विकास लक्ष्य प्राप्त गर्नका लागि नेपालले तिब्रगतिमा विकासलाई अघि बढाउनु पर्दछ ’ उनले भने। सरकार कानुनी राज्य, स्वच्छता, पारदर्शीता र भ्रष्टाचार नियन्त्रणमा प्रतिवद्ध रहेको समेत उनले बताए ।

देशको आवश्यकता अनुसार उपभोग्य वस्तुको उत्पादन बढाउन व्यावसायीहरुलाई सुझाव दिदैँ  ओलीले उपभोगका नाममा अनावश्यक वस्तुहरुको खरिदविक्री गरेर फजुल खर्च नगर्न सबैलाई आग्रह गरे । सरकारले आगामी दुई बर्ष भित्र दुई अंकको आर्थिकदर कायम गर्ने लक्ष्य राखेकाे छ ।

यो उपलब्धी हासिल गर्नका लागि सरकार नीजि क्षेत्रसँग साझेदारी गर्न तयार रहेको छ’ उनले भने, व्यावसायीक हितका लागि कानुनी रुपबाट गर्न सकिने जति सबै कुरा गर्न सरकार तयार रहेको छ’ । व्यावसायीहरुले चर्को बैंक व्याजका कारण आफूहरु मारमा परेको गुनासो गरेपछि  ओलीले यसको उचित सम्बोधन हुने आस्वासन समेत दिए । बैंकहरुले धितोलाई परियोजनामा लगानी गर्न बैंक तथा वितीय संस्थाहरुलाई आग्रह गरे।  ‘उत्पादनजन्य उद्योगहरुलाई कम व्याजदरमा बैंकहरुले ऋण उपलब्ध गराउनुपर्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement