नेपाली सेनालाई साढे २ अर्बकाे सैन्य सामग्री उपलब्ध गराउँदै चीन, रक्षामन्त्रीले गरे सम्झाैता


काठमाडौँ— चीनले नेपाली सेनालाई  १ सय ५० मिलियन युआन अर्थात २ अर्ब ४१ कराेड रूपैयाँ बराबरकाे सैन्य सामग्री उपलब्ध गराउने भएकाे छ। चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र चीनका रक्षा मन्त्री जनरल वेइ फेंघेबीच मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सैन्य सामग्री उपलब्ध गराउने उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

चिनियाँ राष्ट्रपति सी जिनफिङ  नेपाल भ्रमणका क्रममा चीनले उक्त सहयोगसम्बन्धी प्रस्ताव गरेको थियो । सोहीअनुसार आइतबार सम्झौतापत्रमा दुवै पक्षबीच हस्ताक्षर भएको हो । हुन् तअसार पहिलो साता भएको प्रधानसेनापति पूर्णचन्द्र थापाको चीन भ्रमणका क्रममा पनि  २ अर्ब ४१ करोड रुपैयाँ बराबरको सैन्य सहयोग गर्ने प्रोटोकलमा हस्ताक्षर भएको थियो ।

सम्झौताअन्तर्गत मानवीय तथा विपद् व्यवस्थापनका लागि नेपालले प्रस्ताव गर्ने सामग्रीको विवरणका आधारमा प्रोटोकलमा समझदारी गरेबमोजिम आगामी तीन वर्षको अवधिमा नेपाललाई हस्तान्तरण हुने जनाइएको छ ।

यसअघि तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको पालामा पनि चीनले २३ करोड ९५ लाख बराबरको सैन्य सामग्री उपलब्ध गराउने घोषणा गरेको थियो। यद्यपि, उक्त सामग्री चिनिया राष्ट्रपतिको नेपाल भ्रमणको पूर्वसन्ध्यामा मात्र नेपाल आएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement