नेपाललाई तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीनको अनुमति


काठमाण्डु – चीनले रसुवागढी र तातोपानी नाका सञ्चालन गर्न नेपाललाई अनुमति दिएको छ । मंगलबार नेपाल–चीन व्यापार संयुक्त कार्यदलको भर्चुअल बैठकमा चीनले कोरोना भाइरसबारे उच्च सावधानी अपनाएर दुवै नाका सञ्चालन गर्ने अनुमति दिएको हो ।

चीनले दुवै देश मिलेर व्यापार लर संयुक्त लगानीका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहायक प्रवक्ता एवं उपसचिव उर्मिला केसीले जानकारी दिइन् ।

प्रस्तावित एजेण्डाका विषयमा दुवै मुलुकले आपसी सहयोग र अन्तरनिर्भरतामार्फत व्यापार पूर्वाधार निर्माण तथा सहजिकरण गर्ने सहमति भएको छ । नेपालमा चिनियाँ लगानी अभिवृद्धि गर्ने विषयमा समेत सकारात्मक छलफल भएको मन्त्रालयले जनाएको छ ।

छलफलका क्रममा दुवै पक्षले राखेका विषवस्तुहरु सहज रुपमा कार्यान्वयन गर्नका लागि कुटनैतिक माध्यमबाट नोट आदान–प्रदान गर्ने निर्णय समेत भएको छ । त्यस्तै नेपाल र चीनबीच पारवहन–ढुवानी सम्झौताको कार्यान्वयनसहित विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

आजको बैठकमा पावहन ढुवानी सम्झौता, २०१६ र यसको प्रोटोकल, २०१९ को कार्यान्वयनका विषयमासमेत छलफल भएको छ ।

त्यस्तै बैठकले नेपाल–चीन सीमा नजिक सीमा वारपार आर्थिक क्षेत्र स्थापना गर्ने विषयमासमेत छलफल भएको छ ।

सहायक प्रवक्ता केसीले आजको बैठकमा व्यापार पूर्वाधार विकासमा सहयोगबारे पनि छलफल भएको जानकारी दिइन् । उनले नेपाल–चीनबीच मुस्ताङको कोरला नाकामा एकीकृत सीमा जाँच स्टेसन निर्माणका लागि चिनियाँ पक्षलाई अनुरोध गरेको र चिनियाँ पक्षले सकारात्मक जवाफ दिएको जानकारी दिइन् ।

त्यस्तै ओलाङ्चुङ्गोला र किमाथाङ्कामा व्यापार पूर्वाधारका लागि संयुक्त रुपमा सम्भाव्यता अध्ययन गर्ने विषयमसमेत छलफल भएको छ ।

त्यस्तै नेपाल–चीन आर्थिक व्यापार मेला र चीनमा आयोजना हुने तेस्रो अन्तराष्ट्रिय आयात प्रर्दशनीमा मेलामा सहभागि हुने केसीले जानकारी दिइन् ।

त्यस्तै आजको बैठकमा ६ वटा प्रमुख निर्णय समेत भएको छ । ती निर्णय निम्न प्रकार छन्ः

१. रसुवाको टिमुरेस्थित सीमा जाँच स्टेसन÷सुख्खा बन्दरगाह निर्माण कार्य
२. १८८ वटा वनस्पति, मासुजन्य र अन्य खाद्य पदार्थको चीनको भन्सार प्रशासनमा नेपालबाट आयात हुने वस्तुको सूचीमा सूचीकृत गर्ने
३. नेपालमा वनस्पति र पशुजन्य वस्तुहरुको जाँच गर्न प्रयोगशाला स्थापना गर्ने
४. नेपालबाट चीन निकासी गरिने खाद्यवस्तुहरुमा लेवलिङ्ग सम्बन्धी विषय
५. नेपालमा चिनियाँ लगानी र व्यापारको लागि वातावरण विकास
६. स्याफ्रुबेसी–रसुवा सडक मर्मत सम्भार र स्तरोन्नती ।

आजको बैठक नेपालका तर्फबाट उद्योग मन्त्रालयका सहसचिव एवं नेपाल–चीन व्यापारको संयुक्त कार्यदलका संयोजक प्रकाश दाहालले गरेका थिए भने चीनका तर्फबाट चिनियाँ वाणिज्य मन्त्रालयको एशिया मामिला विभागका महानिर्देशक पेङ् गाङ्ले नेतृत्व गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement