चीन–नेपाल सम्बन्धले भारतलाई असर गर्दैन्ः चीन


एजेन्सी – चीनले चिनियाँ रक्षामन्त्री वेई फेङहेको नेपाल भ्रममण दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता होउ चिनयुङले पत्रकार सम्मेलनमार्फत नेपाल र चीन असल छिमेकी मुलुक भएकाले आफूहरु सबै क्षेत्रमा सहयोग गर्न तयार रहेको बताएकी छन् ।

‘चीन र नेपाल मैत्री छिमेकीहरू हुन् जो पहाड र नदीहरूसँग जोडिएको छ। यो वर्ष दुई देशहरू बीच कूटनीतिक सम्बन्धको ६५ औं वार्षिकोत्सव मनाइएको छ कोभिडबिरूद्धको लडाईमा चीन र नेपालले एक अर्कालाई सहयोग पुर्‍याएका छन् । यसले हाम्रो मित्रता र आपसी विश्वासलाई बढाइएको छ । चीन नेपालसँग सबै क्षेत्रमा सहयोग गर्न खोज्नु र नेपालसँगको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउन चीन तयार छ’, उनले भनिन् ।

प्रवक्ता चिनयुङले चीन र नेपालको मैत्रीपूर्ण सहयोगले दुवै देशका जनताका लागि फाइदाजनक रहेको बताएकी छन् । उनले भारतलाई संकेत गर्दै दुई देशबीचको सम्बन्धले तेस्रो राष्ट्रलाई असर नगर्ने बताएकी छन् ।

‘मैले भन्नैपर्छ कि चीन र नेपालको मैत्री सहयोग चिनियाँ र नेपाली जनताको लागि फाइदाजनक छ। हाम्रो (चीन–नेपाल)सम्बन्धले कुनै पनि तेस्रो पक्ष (भारत)लाई असर गर्ने छैन’, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement