सरकारले चीनको छेन्दुमा खोल्यो महावाणिज्य दूतावास


छेन्दु – सरकारले चीनको सिचुवानस्थित छेन्दुमा महावाणिज्य दूतावास खोलेको छ ।

सोमबार चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र चीनको सिचुवान प्रान्तका उप–गभर्नर ली युन्जे संयुक्त रूपमा महावाणिज्य दूतावासको उद्घाटन गरेका हुन् ।

महावाणिज्य दूतावास उदघाटन कार्यक्रममा सिचुवान प्रान्तका चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरू र छेन्दु नगरका मेयरको पनि उपस्थिति थियो।

कार्यक्रममा बोल्दै राजदूत पाण्डेले आजदेखि सञ्चालनमा आएको महावाणिज्य दूतावासले दुई देशको सहकार्यमा थप योगदान दिँदै नेपाल–चीन सम्बन्धलाई मजबुद् बनाउने सघाउने विश्वास व्यक्त गरेका छन् ।

तीन जना कर्मचारी रहने महावाणिज्य दूतावासमा दिनेशकुमार घिमिरे महावाणिज्य दूत रहेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement