नेपाल र चीनबीच ३ वटा सम्झौतामा हस्ताक्षर


काठमाडौं – नेपाल र चीनबीच ३ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सोमबार काठमाडौं शुरु भएको नेपाल–चीन परराष्ट्रमन्त्री वैठकका क्रममा ३ वटा सम्झौतामा हस्ताक्षर भएको हो ।

सोमबार हस्ताक्षर भएका सम्झौतामा चीनले नेपालमा अस्पताल निर्माण गर्नेदेखि आपत्कालीन अवस्थामा उपयोग गर्ने गरी ५ हजार थान टेन्ट त्रिपाल उपलब्ध गराउने विषय छन् ।

पहिलो सम्झौता: चीनले नेपालको मनाङमा अस्पताल बनाउने छ । चीनले करिब ३५ करोड रुपैयाँको लागतमा मनाङमा अस्पताल बनाइदिने भएको हो ।

दोश्रो सम्झौता :नेपालले आपत्कालीन अवस्थामा उपभोगमा ल्याउने गरी चीनले ५ हजार थान टेन्ट उपलब्ध गराउने विषयसँग सम्बन्धित छ । दुवै सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सचिव राजन खनाल र चीनको तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोग सीआईसीडीएका उपाध्यक्षले हस्ताक्षर गरे ।

तेश्रो सम्झौता: चीनले नेपालमा स्वयंसेवक परिचालन गर्ने सम्बन्धमा छ । उक्त सम्झौतामा उल्लेख भएअनुसार नेपालका विभिन्न विद्यालय तथा शैक्षिक प्रतिष्ठानहरुमा चिनियाँ भाषा पढाउने छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement