नेपाललाई १५ अर्ब अनुदान दिने र रेलमार्गको सम्भाव्यता अध्ययनमा सहयोग गर्ने चीनको घोषणा


काठमाण्डु – नेपाललाई चीनले १५ अर्ब रुपैयां अनुदान दिने भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्कासंग बुधबार भएको द्वीपक्षीय भेटवार्तामा स्टेट काउन्सिलर समेत रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले सन् २०२२ का लागि ८० करोड चिनियां युआन अनुदान सहायता घोषणा गर्ने जानकारी दिएका हुन् ।

चीनको सान्दोङ्कोको छिन्दाओमा भएको भेटवार्तामा चिनियां विदेशमन्त्रीले उक्त घोषणा गरेको परराष्ट्रमन्त्रालयले जनाएको छ । बैठकमा काठमाण्डौंदेखि केरुङसम्मको रेलमार्गको सम्भाव्यता अध्ययनमा समेत चीनले अनुदानमा सहयोग गर्ने घोषणा गरेको छ । चिनियां पक्षले ७२.२५ किलोमिटर लामो रेलमार्ग निर्माणका लागि २ खर्ब ५७ अर्ब रुपैया लाग्ने बताएको थियो ।

त्यसका साथै नेपाल चीन अन्तरदेशीय प्रसारण लाइनको पूर्वसम्भाव्यता अध्ययनमा पनि सहयोग गर्ने घोषणा बैठकमा चिनियां विदेशमन्त्रीले गरेका छन् ।

मंगलवार चीन भ्रमणमा गएका मन्त्री खड्काको भोली स्वदेश फर्कर्ने कार्यक्रम छ । दुवै विदेशमन्त्रीस्तरिय वार्तामा कोभिडपछी बन्द भएका नाकाहरुको संचालन, चीनमा अध्ययन गरिरहेका नेपाली विद्याथीहरुलाई स्वदेश फर्काउने र नेपालमा रासायनिक मल कारखाना संचालनका लागि सहयोग गर्नेबारे समेत सकरात्मक छलफल भएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement