६० वर्षदेखि नेपाल र चीनबीच सीमा विवाद छैन : राजदूत यान्छी


काठमाण्डु – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनबीचमा ६० वर्षदेखि सीमा विवाद नरहेको बताएकी छन् । दुई देशबीचमा ६० वर्ष पहिला नै सीमाको निरुपण भएको र त्यसबेलादेखि हालसम्म कुनै विवाद नभएको राजदूत यान्छीले ट्वीटरमार्फत बताएकी छन् ।

‘६० वर्षअघि आजैको दिन चीन र नेपालले मित्रवत वार्ताद्वारा सीमा सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यसबेलादेखि हाम्रो सीमा पूर्ण रुपमा विवादमुक्त छ । र यो दुईपक्षीय सम्बन्धको सेतु र पारस्परिक सहकार्यको पुल बनेको छ,’ उनले भनेकी छन् ।

हुम्लामा सीमा मिचिएको भन्दै समाचारहरु सार्वजनिक भएपछि सरकारले अध्ययन गर्न समिति समेत गठन गरेको थियो । तर, उक्त समितिले बुझाएको प्रतिवेदनमा के लेखिएको छ त्यो भने सरकारले सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement