नेपाल–चीन रेलमार्ग नेपालको मुख्य प्राथमिकता : परराष्ट्रमन्त्री ज्ञवाली


काठमाडौं – चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र चीन जोड्ने रेल्वे नेपाल सरकारको मुख्य प्राथमिकतामा रहेको बताएका छन् । सिचुआन विश्वविद्यालयद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भूपरिवेष्टित देशका लागि अन्तर्देशीय पूर्वाधार निर्माण अत्यन्त महत्वपूर्ण हुने भएकाले नेपालले चीनसँग रेलमार्ग विस्तार गर्न चाहेको बताए ।

ज्ञवालीले आफ्नो चीन भ्रमणका क्रममा हिमालयन क्षेत्रमा बहुआयामिक यातायात सञ्जाल विस्तार गर्न नेपाल र चीन सहमत भएको पनि जानकारी गराए । उनले बृहत् शान्ति, समृद्धि र सद्भावको ऐतिहासिक लक्ष्यमा चीनसँग सहकार्य गर्न पाउनु नेपालका लागि महत्वपूर्ण क्षण भएको बताए ।

चीन सरकारले संचालन गरिरहेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गत गरिएका प्रस्तावित आयोजनाहरूले हिमालयन क्षेत्रको अपार स्रोतसाधनको सदुपयोग गर्दै त्यहाँका जनताको जीवनस्तर सुधार्ने लक्ष्य राख्ने विश्वास व्यक्त गरे । उनले ओबरल नेपालको विकासमा योगदान दिनेभन्दै नेपालले पनि ओबरको योजनासँगै अघि बढ्ने समझदारी गरिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement