नेपालले भन्यो- हङकङ चीनको अभिवाज्य क्षेत्र हो, हामी एक चीन नीतिप्रति प्रतिवद्ध छौं


काठमाडौं – सरकारले हङकङ जनगणतन्त्र चीनको अभिवाज्य क्षेत्र भएको दोहोर्याउंदै एक चीन नीतिप्रति नेपाल अटल रहेको स्पष्ट गरेको छ ।

हङकङको राष्ट्रिय कानूनका सन्दर्भमा राससको जिज्ञासामा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले नेपालको एक चीन नीतिप्रतिको नेपाल सरकारको प्रतिबद्धता दोहो¥याउंदै  त्यहां शान्ति–सुरक्षा र विधिको शासन कायम गर्नु चीनको दायित्व भएको बताए ।

कुनै पनि मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप हुन नहुने मान्यताप्रति नेपाल अडिग रहेको बताउंदै उनले हङकङमा शान्ति सुव्यवस्था कायम गर्न चीनले गरेका प्रयासप्रति नेपालको समर्थन रहेको समेत स्पष्ट पारे ।

रासस

प्रतिक्रिया दिनुहोस
Advertisement