निर्वाचन आयोगमा दर्ता भयो नेपाल कम्युनिस्ट पार्टी (नेकपा)


काठमाडौं– एमाले र माओवादी केन्द्रबीच एकीकरण पश्चात गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता भएको छ।

आयोगको बुधबारको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्णय गरेको आयोगका कानून अधिकृत अरुणकुमार झाले जानकारी दिए।

दुवै पार्टीको एकता घोषणा भएसँगै पार्टीले यही जेठ ३ गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो ।

यसअघि नेपाल कम्युुनिस्ट पार्टीको नाममा दर्ता गर्न खोजिएपनि ऋषी कट्टेलको पार्टीसँग नाम जुधेपछि नेपाल कम्युनिस्ट पार्टी ‘अण्डरलाईन’ दर्ताको प्रक्रिया थालियो। तर, नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्णय अनुसार नेताद्वय सुवास नेम्बाङ र देव गुरुङले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम परिवर्तनका लागि निवेदन दिएका थिए।

आयोगले दल दर्ताको प्रमाणपत्र बिहीबार मात्र दिनेछ।

प्रतिक्रिया दिनुहोस
Advertisement