नेपालमा कोरोना सङ्क्रमण दर बढ्दो

नेपालमा कोरोना सङ्क्रमण दर बढ्दो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा कोरोना सङ्क्रमण दर दिन दिनै बढ्दै गएको छ । देशका अन्य भागसँगै राजधानी काठमाण्डुमा सङ्क्रमणको दर उच्च हुुँदै गएको हो ।

सङ्क्रमण रोक्न राजधानी उपत्यकालगायत देशका धेरै भागमा निषेधाज्ञा जारी गरिए पनि सङ्क्रमण दर नियन्त्रण हुन सकेको छैन । शुक्रबार मात्र देशभरमा आठ सयभन्दा बढी कोरोना सङ्क्रमित भए पनि काठमाडौँमै झण्डै दुुई सय सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ८३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा थप ८३८ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको बताउनुभयो ।

योसँगै देशभर कुल सङ्क्रमितको सङ्ख्या ३० हजार ४८३ पुगेको छ । तीमध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार १३२ रहेको छ ।कोरोनाका कारण एकै दिन हालसम्मकै सबैभन्दा बढीको मृत्यु भएको छ । शुक्रबार नेपालमा थप ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । एकै दिन यति धेरै मृत्युु भएको यो पहिलो हो । प्रवक्ता डा. गौतमले एक महिला र १० पुरुष गरी थप ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।