नेपालको अफगानस्तिानसामू कमजोर प्रर्दशन, १९५ रनको लक्ष्य पछयाउदै अफगानस्तिान


काठमाडौं – नेपालले अफगानिस्तानलाई १९५ रनको लक्ष्य दिएको छ । विश्वकप छनोटमा नेपालले कमजोर प्रर्दशन गर्दै १९४ रनमा समेटिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालको पहिलो विकेट १३ रन हुंदा खसेको थियो । नेपालका लागी कप्तान पारस खड्काले सबैभन्दा बढी ७५ रन बनाएका थिए ।

नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले २३ रन बनाएका थिए । नेपालका लागी दिपेन्द्र सिंह ऐरीले ३२ र आरिफ शेखले २३ रन बनाएपनि अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् ।

अफगानिस्तानका बलर रसिद खानले ३ विकेट लिए भने अर्का बलर नाबीले ४ विकेट लिन् सफल भए । यो समाचार तयार पार्दासम्म अफगानस्तिानले १ विकेटको क्षतीमा ३४ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement