डोमिनिकासंग हस्ताक्षर भएसंगै नेपालसंग कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या १६९ पुग्यो


काठमाण्डु – नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । संयुक्त राष्ट्रसंघका लागी नेपाली राजदूत अमृत राई र डोमिनिकाका न्यूयोर्कस्थित स्थायी मिसनका लागि राजदूत लोरेन रुथ बनानिसबीच शुक्रवार दुई देशको विचमा कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपाल र डोमिनिका जी–७७ र असंलग्न आन्दोलनका सदस्य मुलुक हुन् । नेपालले डोमिनिाकासंग कूटनीतिक सम्बन्ध स्थापित गरेसंगै नेपालको कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या १६९ पुगेको छ ।

न्युयोर्कस्थित नेपाली नियोगले शुक्रवार जारी गरेको विज्ञप्तीमा उक्त समझदारीपछि दुवै मुलुकका राजदूतले राष्ट्रसंघका महासचिवलाई संयुक्त पत्रमार्फत कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराएको उल्लेख गरेको छ ।

राजदूत राई र बनानिसबीच समझदारी पत्रमा हस्ताक्षर भएपछि द्विपक्षीय सम्बन्धलाई विस्तार गर्ने र पारस्परिक हितका लागि काम गर्ने सहमती भएको न्यूयोर्कस्थित नेपाली मिसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement