नेपाली दूतावास परिसरबाट भारतीय सुरक्षाकर्मी हटाइयो


काठमाण्डु – नयाँदिल्लीस्थित नेपाली दूतावास परिसरबाट भारतीय सुरक्षाकर्मी हटाइएको छ । दुतावासको आग्रहमा भारत सरकारले दूतावास परिसरबाट सुरक्षाकर्मीहरुलाई हटाइएको बताइएको छ ।

विगत ६ बर्ष देखि बसेका भारतीय सुरक्षाकर्मीहरुलाई हटाउन पटकपटक आग्रह गरिएको थियो । विदेशी राष्ट्रको दूतावासभित्र सम्बन्धित देशबाहेकका सुरक्षाकर्मी बस्नु कूटनीतिक मर्यादाविपरीत भए पनि नयाँदिल्लीस्थित नेपाली दूतावासभित्रै १० जना भारतीय सुरक्षाकर्मी बस्दै आएका थिए ।

दूतावासको बाहिरी भागको सम्पूर्ण सुरक्षा त्यही देशबाट हुने गरे पनि भित्री क्षेत्रको रेखदेख र सुरक्षाको जिम्मेवारी दूतावास राख्ने मुलुककै हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement