नेपाल र गाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापना


काठमाण्डु – नेपाल र अफ्रिकी मुलुक गाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

सोमबार न्युयोर्कमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी नियोगप्रमुख अमृतकुमार राई र राष्ट्रसंघका लागि गाम्बियाका स्थायी नियोग प्रमुख लाङ याबोयबीच संयुक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गरेका देशहरूको संख्या १७० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement