नेपाल आइडलका निर्णायक परिवर्तन


काठमाण्डु – चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडलका निर्णायक परिवर्तन भएका छन् ।

नेपाल आइडलको चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन भएका छन् । निर्णायकमा गायक शम्भूजित बास्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन् ।

नेपाल आइडल सीजन ४ मा तीन जना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेस्मा घिमिरे पनि जोडिएकी छन् ।

यसअघि निर्णायक न्यूह बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी रहेका थिए । उनीहरु अर्कै रियालिटी शोमा आवद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement