विद्यालय पुननिर्माणका लागि भारतले गर्‍यो ३० करोड सहयोग


काठमाण्डु – भूकम्पले क्षतिग्रस्त विद्यालय निर्माणका भारतले ३० करोड रुपैयाँ सहयोग गरेको छ ।

नेपालस्थित भारतीय दूतावासकी उपप्रमुख नामग्या खम्पाले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सो रकमको चेक हस्तान्तरण गरेकी हुन् ।

भारतले २०७२ सालको भूकम्पमा परी भत्किएका विद्यालय पुनर्निर्माणका लागि ५० मिलियन डलर उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो ।

भारतले नेपालका आठ जिल्लाका ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माणका लागि उक्त रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएको भारतीय दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement