नेपाल–भारत द्विपक्षीय परामर्श समूहको बैठक कात्तिक ११ र १२ मा, नेपाली टोली बैंगलोर जाँदै


काठमाण्डु – नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १४ औं बैठक बैंगलोरमा हुने भएको छ ।

कात्तिक ११ र १२ गते भारतको बैंगलोरमा बस्ने बैठकमा नेपालबाट परराष्ट्र मन्त्रालयका सह–सचिवको नेतृत्वमा रक्षा मन्त्रालयको प्रतिनिधि तथा नेपाली सेनाका सदस्यहरु सहितको टोली भोली भारत तर्फ प्रस्थान गर्ने भएको छ ।

बैठकमा भारतको तर्फबाट पनि परराष्ट्र मन्त्रालयका सह–सचिवको नेतृत्वको टोली सहभागी हुने भएको छ । उक्त छलफलमा तालिम र क्षमता अभिबृद्धि सम्बन्धि सहयोगका विविध पक्षमा छलफल हुने कार्यसूची रहेको नेपाली सेनाले जनाएको छ ।

नेपाल सरकार तथा भारत सरकारबीच सुरक्षा सम्बन्धी विषयमा नियमित रुपमा छलफल गर्ने उद्देश्यका साथ नेपाल–भारत द्विपक्षीय परामर्श समूह सन् २००३ मा गठन भएको थियो । यस समूहको सन् २००३ देखि सन् २०१८ सम्म गरी १३ वटा बैठक सम्पन्न भईसकेको छ ।

यसै परामर्श समूहको १४ औं बैठक मिति २०७६ चैत्र महिनामा भारतको नयाँ दिल्लीमा आयोजना गर्ने योजना भएकोमा कोभिड–१९ महामारीको कारण उक्त बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement