नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १४ औं बैठक सम्पन्न


काठमाण्डु – नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १४ औं बैठक सम्पन्न भएको छ ।

नेपाल सरकार र भारत सरकारबीच सुरक्षा सम्बन्धी विषयमा नियमित रुपमा छलफल गर्ने उद्देश्यका साथ कात्तिक ११ र १२ गते भारतको बैंगलोरमा संचालन भएको नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १४ औं बैठक सम्पन्न भएको हो ।

तालिम र क्षमता अभिबृद्धि सम्बन्धि सहयोगका विविध पक्षमा छलफल भएको उक्त बैठक नेपाल र भारतकाबीच रहि आएको सम्बन्धको सुदृढिकरण तथा द्विपक्षिय सुरक्षा चासोहरुको सम्बोधनका लागि उपलब्धिमूलक हुने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement