नेपालमा लगाइएको कोरोनाविरुद्धको खोपलाई भारतमा पनि मान्यता


काठमाण्डु – नेपाल र भारतबीच कोरोना भाइरस विरुद्धको खोप प्रमाणपत्रको पारस्परिक मान्यता दिनेबारेमा सहमति भएको छ । आज स्वाथ्य मन्त्रालयमा भएको कार्यक्रममा दुई देशका प्रतिनिधिबिच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको उपस्थितिमा नेपाल सरकारका तर्फबाट स्वास्थ्य सचिव डा. रोशन पोखरेल र भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौता भएसँगै अब नेपालमा लगाइएको खोपलाई भारतले मान्यता दिने र भारतमा खोप लगाएकाहरुलाई नेपालमा सहज हुने स्वास्थ्य सचिव डा रोशन पोखरेलले जानकारी दिए । कोरोना महामारीपछि नेपाल र भारतबीच आवतजावतमा कुनै समस्या नहोस् भनेर सम्झौता गरिएको डा पोखरेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement