भारतले नेपाललाई दियो ३० हजार टेस्ट किट


काठमाडौं – भारतले नेपाललाई ३० हजार टेस्ट किट प्रदान गरेको छ । भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भारत सरकारका तर्फबाट नेपाललाई ३० हजार टेस्ट किट उपहारस्वरुप प्रदान गरेका हुन् ।

राजदूत क्वात्राले माइल्याबले उत्पादन गरेको प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट कीटहरु आइतबार हस्तान्तरण गरेका हुन् ।

‘भारतीय जनताका तर्फबाट नेपाली जनताका लागि उपहारस्वरुप प्रदन गरिएको सो टेस्ट किटहरुको सहयोगले नेपालका स्वास्थ्यकर्मीहरुले ३० हजार व्यक्तिको पीसीआर परीक्षण गर्न सक्नेछन्,’ काठमाडौंस्थित भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

दूतावासले जारी गरेको विज्ञप्तिमा औषधी र परीक्षण किटको हस्तान्तरणले कोभिड–१९ महामारीले निम्त्याएको साझा चुनौतीविरुद्ध तयार रहन, सामना गर्न तथा एकसाथ लड्न दुई देशका नेता एवं जनताबीचको सहकार्य जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement