नेपाललाई इराककाे घरेलु टोलीसँग बदला लिने मौका


काठमाण्डु –  इराकमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले एसियाली पावर हाउस इराकविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दै छ। इराकको बसरास्थित अन्तर्राष्ट्रिय मैदानमा नेपालले २० वर्षपछि घरेलु टोलीसँग फुटबल खेल्न लागेको हो।

नेपाल र इराकबिचको खेल नेपाली समयअनुसार राति १०ः१५ बजे सुरु हुनेछ। मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३५ सदस्यीय टोली इराक पुगिसकेको छ। यसअघि भएका तीन भेटमा एकलौटी नतिजा निकालेको इराकले नेपालविरुद्ध १३ गोल गरेको छ भने ३ गोल खाएको छ । विश्वकप छनोटका बाँकी ३ खेलको तयारी स्वरूप खेल्न लागेको आजको खेलले कुवेतमा हुने बाँकी खेलका लागि सहयोग हुनेछ ।

नेपाल र इराकबिच पहिलो भेट सन् १९८२ नोभेम्बर २३ मा भएको थियो। एसियन गेमअन्तर्गत भारतको नयाँ दिल्लीमा भएको भेटमा इराकले ३–० गोलकोजित निकालेको थियो।यसैगरी सन् २००१ अप्रिल १४ मा इराकमै भएको दोस्रो भेटमा भने नेपाल ९–१ गोलले पराजित भएको थियो। उक्त खेलमा नेपालका नीराजन रायमाझीले एक गोल गरेका थिए।

यसैगरी सन् २००१ मै फिफा विश्वकप छनोटको खेलमा नेपाल इराकसँग ४–२ गोलले पराजित भएको थियो। उक्त भिडन्तमा नेपालका हरि खड्का र नीराजन रायमाझीले एक-एक गोल गरेका थिए। इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली स्थल मार्गबाट कुवेत जानेछ। विश्वकप छनोटअन्तर्गत एसियाली छनोटका नेपालले तीन खेल्न बाँकी छ । नेपालले अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईसँग एक÷एक खेल खेल्न बाँकी छ।

कुवेतमा हुने छनोटका बाँकी खेलअन्तर्गत नेपालले जुन ३ मा ताइपेई, जुन ७ मा जोर्डन र जुन ११ मा अस्ट्रेलियासँग खेल्नेछ। नेपाली टोलीका मुख्य प्रशिक्षक कुवेतका अब्दुल्लाह अलमुताइरीले टोलीमा व्यापक परिवर्तन गरी युवा खेलाडीलाई मौका दिएका छन्।उनी औसतमा २३ वर्षका खेलाडी बोकेर इराक पुगेका छन्। उनले गत चैतमा थ्री नेसन्स कप जित्दाको टोलीका १३ खेलाडी परिवर्तन गरेका छन्।

नेपाली टोली

गोलकिपर्सः किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की

डिफेन्डर्सः रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकाश खवास

मिडफिल्डर्सः विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जेउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

अट्याकर्सः अभिषेक रिजाल, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा

प्रतिक्रिया दिनुहोस
Advertisement