नेपाल–जापान सम्बन्ध अझै विकसित हुन्छः सिन्जो आबे


एजेन्सी – भर्खरै प्रधानमन्त्रीबाट राजीनामा दिएका सिन्जनो आबेले नेपाल–जापान सम्बन्ध अझै विकशित हुने बताएका छन् । स्वास्थ्यका कारण प्रधानमन्त्रीबाट राजीनामा दिएका आबेले दुई देशबीचको पुरानो सम्बन्ध अझै मजबुत हुने बताएका हुन् ।

आबेले लेखेका छन्, ‘नेपाल–जापानको पुरानो सम्बन्ध आगामी दिनमा अझै विकसित हुनेछ भन्ने मेरो आशा छ ।’

बुधबार ट्वीट गर्दै आबेले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको स्वास्थ्यलाभको कामनालाई धन्यवाद दिँदै यस्तो बताएका हुन् ।

‘तपाईंका आत्मीय शब्दका लागि धन्यवाद प्रधानमन्त्री ओली’, उनले भनेका छन् ।

प्रधानमन्त्री अ‍ोलीले आबेको कार्यकालभर नेपाल–जापान सम्बन्धमा धेरै फाइदा भएको बताएका थिए ।

प्रधानमन्त्रीले लेखेका थिए, ‘तपाईं बिरामी भएको सुनेर दुःख लाग्यो । प्रधानमन्त्री आबे तपाईंको शीघ्र स्वास्थ्यलाभ र सु–स्वास्थ्यको कामना गर्दछु । तपाईंको बहुआयामिक नेतृत्वबाट नेपाल–जापान सम्बन्धमा धेरै फाइदा भएको छ ।’

स्वास्थ्यमा समस्या आएपछि आबेले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । उनले जनतासँग माफी माग्दै पूरा कार्यकाल देशका लागि सेवा गर्न नपाएको भन्दै माफी मागेका थिए । आबले खराब स्वास्थ्यले गलत राजनीतिक निर्णय गर्न नहुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement